अनुसूची
(नियम १६ को उपनियम (६) सँग सम्बन्धित)

अनुसूची–५
(नियम १६ को उपनियम (६) सँग सम्बन्धित)

नियम १६ को उपनियम (६) बमोजिम कुनै जग्गाको मोहीयानी हक बापतको जग्गा यस नियम बमोजिम बिक्री वितरणमा पाउने व्यक्तिलाई भूमिसुधार अधिकारीले दिने प्रमाणपत्रको ढा“चा ।

नेपाल सरकार
भूमिसुधार तथा व्यवस्था मन्त्रालय
भूमिसुधार कार्यालय

मिति ः–

यस जिल्लाको …………….. गाउ“ विकास समिति÷नगरपालिकाको वडा नं. …… मा बस्ने श्री …………………………. को छोरा÷छोरी श्री …………………………. लाई नियम १४ को उपनियम (१) बमोजिम प्राप्त निम्नलिखित जग्गा बिक्री वितरण गरी निजको नाम जग्गावालाको हैसियतले दर्ता गरिएकोले भूमि सम्बन्धी नियमहरू २०२१ को नियम १६ को उपनियम (६) अनुसार यो प्रमाणपत्र दिइएको छ ।

नोट ः

उक्त जग्गा पाउने व्यक्तिले त्यसको निर्धारित मोल जिल्ला भूमिसुधार अधिकारीले तोके बमोजिम एकमुष्ट वा किस्ताबन्दीमा बुझाउनु पर्नेछ ।

नियम १६ को उपनियम (२) र नियम २१ बमोजिम निर्धारित मोलको रकम नबुझाएमा ऐन र यी नियमहरू बमोजिम जरीवाना र सम्बन्धित जग्गा जफत समेत हुन सक्नेछ । उक्त जग्गाको पूरा मोल भुक्तान नगरेसम्म वा जग्गा बहाली पाएको १० वर्ष नपुगेसम्म जुन पछिल्लो हुन्छ सो अवधिसम्म उक्त जग्गा वेच बिखन गर्न वा अरू कुनै रूपले अरू व्यक्तिलाई हक छाडी दिन वा अंशवण्डा गर्न हु“दैन ।